जनता राप्रपा खोजिरहेछन् : कमल थापा — OSNepal

जनता राप्रपा खोजिरहेछन् : कमल थापा

LC (KTM) June 22, 2021 0

काठमाडौँ ८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष नेता कमल थापाले पार्टीमा कायम रहेको गतिहिनता अन्त्य गर्न महाधिवेशन आवश्यक रहेको बताएका छन् । नेतृत्वमा जो आए पनि त्यसले पार्टीलाई गतिशीलरबलियो बनाउपर्ने नेता थापाको धारणा रहेको छ । नेता थापाले ट्वीटर मार्फत यस्तो प्रतिक्रिया दिएका हुन् ।

म नै नेतृत्वमा आउनु पर्छ भन्ने जरूरी छैन।पार्टी कार्यकर्ताहरूको बिश्वास जितेर नयॅारपुरानारयुवा जो आएपनि त्यसले पार्टीलाई गतिशीलरबलियो बनाउॅछ थापाले भनेका छन् । जनताले राप्रपा खोजिएको बताएका थापाले महाधिवेशनले नयॅा नेतृत्व छनौट र नयॅा कार्यदिशा तयार पार्ने बताएका छन् ।

थापाको ट्वीट् : पार्टीमा हाल कायम गतिहिनता अन्तगर्न महाधिवेशन अनिवार्य छ।महाधिवेशनले नयॅा नेतृत्व छनौट र नयॅा कार्यदिशा तयार गर्छ।म नै नेतृत्वमा आउनु पर्छ भन्ने जरूरी छैन।पार्टी कार्यकर्ताहरूको बिश्वास जितेर नयॅा/पुराना/युवा जो आएपनि त्यसले पार्टीलाई गतिशील/बलियो बनाउॅछ।
जनता राप्रपा खोजिरहेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर