काठमाडौं २९ साउन । कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत ९छैटौँ तह० दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
सेवाग्राहीसँग ३० हजार घुस रकम लिएको भन्दै आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो । साउन १ गते निजले सेवाग्राहीसँग घुस लिएका थिए ।
योगका प्रवक्ता श्याम प्रसाद भण्डारीले दिएको जानकारी अनुसार अनुशन्धानको क्रममा निजले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुस माग गरी १४ हजार बैंक खातामा ट्रान्सफर गर्न लगाएको र ३० हजार उनको साथबाट बरामद भएको हो ।
क्षेत्रीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसूर गरेको भन्दै आयोगले बिगो ४४ हजारसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद तथा जरिवानाको सजायको मागदावी गर्दै आयोगले आइतबार विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।