काठमाडौं २९ साउन । पक्राउ पुर्जी जारी गरिएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ चीन प्रस्थान गरेका छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रकाण्ड आइतबार एयर चाइनाको सीए४३८ उडानबाट चीनको छेन्दु प्रस्थान गरेका हुन्।
हातहतियार तथा खरखजाना ,विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा र हातहतियार तथा विस्फोटक पदार्थसम्बन्धी कसुरको मुद्दा लागेको भन्दै ललितपुर जिल्ला अदालतले ३५ दिने पक्राउ जारी गरेको थियो ।
यता त्रिभुवन विमान स्थलका प्रहरी प्रमुख डीआइजी श्याम ज्ञवालीले भने प्रकाण्ड चीन गएको विषयमा आफुलाई केहि जानकारी नभएको बताए ।