काठमाडौं :
अभिनेत्री स्वस्तिमा खड्का, मिस नेपाल प्रियंकारानी जोशी र मोडल नीति शाहले अमरिकाको न्युयोर्कमा हीराका गहना किनेका छन् । उनीहरुले हिराका गहना किनेका तस्विर बाहिर आएका छन् । उनीहरु शनिबार ज्याक्सन हाइटको एक गहना पसलमा सपिङ गरिरहेको बेला देखिए । स्वस्तिमाले नेक्लेस लगाउन लागेको देखिन्छ ।
यी तिनै जना सुन्दरी स्लिभलेस पहिरनमा हट र ब्युटीफुल देखिएका छन् । मिस नेपाल नर्थ अमेरिकाको फिनालेमा भाग लिन उनीहरु न्युयोर्क पुगेका थिए । स्वस्तिमाले समुन्द्रमा हट तस्विर खिचाएकीथिइन् । जुन तस्विर भाइरल बनेको छ ।
मस्त मुडमा यी सुन्दरीहरु घुमघाममा व्यस्त छन् । स्वस्तिमा र नीति काठमाडौं फर्किने तयारीमा छन् भने मिस नेपाल प्रियंका अमेरिकामा अझै एक साता रहनेछिन्, जहाँ उनले मिस वल्र्डको ब्युटी विथ पर्पस प्रोजेक्टको लागि दाता जुटाउने कार्यक्रम रहेको छ ।
तस्वीर सौजन्य : मिस नेपाल उत्तर अमेरिका