काठमाडौं २९ साउन । पछिल्लो २४ घण्टामा देशभर थप ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी देशभर गरिएको चार हजार ८२९ परीक्षणमा ४५५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यसैगरी , पछिल्लो २४ घण्टामा थप २ जनाको ज्यान गएको छ । साथै २४ घण्टामा ३०२ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर पाँच हजार ४३५ जना संक्रिय संक्रमितको संख्या रहेको छ ।