काठमाडौं २९ साउन । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिँदा निर्वाचन आयोगले उम्मेदवारको सम्पत्ति विवरण लिने भएको छ
आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए अनुसार उम्मेदवारले आवश्यक कागजातका साथमा सम्पत्ति विवरण बुझाउुपर्ने भएको छ ।
उम्मेदवारी दर्ताकै क्रममा सम्पत्ति विवरण लिने बताएका थपलियाले भने ,’निर्वाचित भएपछि विवरण सार्वजनिक गर्ने र उम्मेदवारी दिएका व्यक्ति निर्वाचित नभए विवरण सार्वजनिक नगरी नष्ट गर्नेबारे आयोगले सोचेको छ ।’
यस विषयमा राजनितिक दलहरुसँग छलफल भइरहेको उनले बताए ।