आजबाट एक साता 'स्मार्ट लकडाउन' , यस्तो छ नयाँ नियम — OSNepal

आजबाट एक साता ‘स्मार्ट लकडाउन’ , यस्तो छ नयाँ नियम

LC (KTM) June 22, 2021 0

काठमाडौं असार ८ । आजबाट थपिएको एक साता निषेधाज्ञालाई सरकारले केहि खुकुलो बनाएको छ । दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा आजबाट भने केहि खुकुलो हुने भएको हो ।

आजबाट एक साता थपेको निषेधाज्ञामा भने फरक फरक समयमा किराना, खाद्यान्न, तरकारी तथा फलफुल पसल, हार्डवेडर पसल, कृषिजन्य विउविजन तथा मलखादका पसल, फेन्सी, पसल टेलरिङ , कपडा पसल र होटल पुस्तक तथा स्टेशनरी पसल लगायत सञ्चालनमा आउने भएको छ । निजी सवारी साधन पनि जोर विजोर प्रणाली लागु गरेर सञ्चालनमा आउने भएको छ ।

उपत्यकाका तिनै काठमाडौं, भक्तपुर र ललितपुरका जिल्ला प्रमुख, सीडीओहरूको बैठकले निषेधाज्ञाको मोडालिटी गरेर आजबाट स्मार्ट लकडाउन सुरु गरेका हुन् । सुन पसल, भाँडा, भान्सा जन्य, विद्युतीय घरायसी सामग्री, अटोमोबाइल शोरुम, अटोमोबाइल पार्टस्‌ पसल, इलेक्ट्रोनिक पसल (मोबाइल तथा कम्प्यूटर पसल) आइतबार, मंगलबार र बिहीबार बिहान ११ बजेदेखि अपरान्ह ४ बजे सम्म सञ्‍चालन गर्न पाइने , विवाह र ब्रतबन्धमा अब स्वास्थ्य मापदण्ड पालना गरेर १० जनासम्म सहभागी हुन पाउने भएको छ ।

त्यसैगरी , पसल तथा व्यवसाय सञ्‍चालन गर्दा कम्तिमा २ मिटरको भौतिक दूरी कायम गर्ने, अनिवार्य रुपमा स्यानिटाइजर व्यवस्था गर्ने र स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने भएको छ तर यदि तोकिएको बमोजिम स्वास्थ्य मापदण्ड परिपालना नगरेको अनुगमनको क्रममा भेटिएमा पसल तथा व्यवसाय तत्काल बन्द गर्ने निणर्य समेत बैठकले गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर