काठमाडौं २९ साउन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनमतको अवमूल्यन गर्नेले परमादेशको कुरा गर्नु गलत भएकोबताएका छन् ।
आइतबार काठमाडौं क्षेत्र नम्बर–१ को कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमहामन्त्री समेत रहेका नेता सिंहले जनताले दिएको त्यत्रो दुईतिहाई जनादेशको अवमूल्यन गर्नेले अहिले परमादेशको सरकार भनेर कुरा गर्नु गलत भएको बताएका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई कटाक्ष गर्दै नेता सिंहले यस्तो बताए । कम्युनिष्ट सरकारको नाकामीको जिम्मेवारी अहिले कांग्रेसको काँधमा आएको भन्दै उनले यस जिम्मेवारीबाट कांग्रेस भाग्न नमिल्ने बताए ।
‘कम्युनिष्टले चलाउन नसकेको देश कांग्रेसले अगाडि बढाइरहेको छ ।’ सिंहले भने ।
राजनीतिक परिवर्तन आइसकेको अवस्थमा अब जनताले अनुभुत गर्नेगरी आमनागरिको जीवन सहज हुने किसिमका आर्थिक सम्पन्नताका मुद्दा लिएर जनतामा जानुपर्ने उनले जोड दिएका छन् ।