काठमाडौं २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ज्येष्ठ नागरिकको कुरा पनि सुन्न पर्ने भन्दै ओलीले उनीहरुको योगदान भुल्न नहुने बताएका छन् ।
आइतबार राजधानीमा आयोजित ‘युवासँग केपी ओली’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ज्येष्ठ नागरिकका कुरा पनि सुन्न युवाहरुलाई आग्रह गरेका हुन् । ‘यो बुढो प्रोफेसर, यसकै कुरा मात्र किन सुन्ने भन्नुभयो गलत हुन्छ’ उनले भने ।
युवाहरुमा नयाँ जोश, जाँगर, कार्यशैली ज्येष्ठ नागरिकको तुलनामा बढी हुने भएपनि ज्येष्ठ नागरिकको योगदानलाई भने भुल्न नहुने बताए ।
‘बालबालिका देशको भविष्यका कर्णधार हुन् भने युवाहरु आजका कर्णाधार हुन् ‘ ओलीले भने ।
आफू ७० वर्ष कटिसके पनि युवाहरुको जस्तै ऊर्जा भएको बताए ओलीले बिरामी हुँदा पनि ‘एम्टिभ’ नै भएको बताए ।