काठमाडौं २९ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्ता गठवन्धन बचाउन नसके एकता कांग्रेस विरुद्ध फेरि वाम एकता हुने दावी गरेका छन् ।
आइतबार नेपाल प्रेस युनियन चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा
नेता पौडेलले यस्ता दावी गरेका हुन् ।
काँग्रेस एक्लै निर्वाचनमा सहभागी भए पराजित हुने भएकाले गठबन्धनका साथ चुनावमा जान लागिएको बताएका उनले काँग्रेसका लागि गठबन्धन डर र कर दुवै भएको बताए ।
‘गठबन्धन काँग्रेसका लागि डर पनि हो, कर पन हो,हामीले गठबन्धन नगरे कम्युनिष्ट पार्टीले गर्छन् ’ पौडेलले भने ।
सबै एक्लाएक्लै चुनाव लड्ने अवस्थामा मात्र काँग्रेस एक्लै जान सक्ने नेता पोडेलले बताए । गठबन्धन गर्दा दलहरुको अवस्था र लोकप्रियताका आधारमा सिट बाँडफाँट हुने भन्दै पौडेलले कांग्रेस देशमा अहिले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको बताए ।