काठमाडौं २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति गर्दा आफु कहिल्यै नातावादमा नफसेको दावी छन् ।
आइतबार राजधानीमा आयोजित ‘युवासँग केपी ओली’ ओलीले आफ्नो भाई सांसद वा राजदूत नभएको र बनाउने मनसाय पनि कहिल्यै नभएको बताए ।
आफ्नो भाई १० कठ्ठा जमिनमा हलो जोतेर बसिरहेको बताएका उनले भने , ‘मेरो भाइ राजदूत हुन खोज्यो, फलानो कमिटीमा जान खोज्यो भन्ने सुन्नुभएको छ ?,मेरो भाइ १० कठ्ठा जमिन लिएर हलो जोतेर बसेको छ ।’
ओलीले पदका लागि आफूले कहिल्यै भाई, बहिनी, श्रीमती र सालो अघि नसारेको दावी गरेका उनले आफु कहिल्यै नातावादमा नफस्ने बातए ।