एजेन्सी :
आलियाले बच्चा पाउन हतार गरेको भन्दै फ्यानले गाली गरेपछि अर्की नायिका करिना कपुर सर्मथनमा उत्रिएकी हुन् । आफ्नो करियर अगाडि बढिरहेको बेला आमा बन्ने घोषणा गरेकी आलिया भट्टले बच्चा पाउन हतार गरेको र अब उनको करियर ध्वस्त हुने भन्दै गाली गरेपछि समर्थनमा करिना आएकी हुन् ।
करिनाले आलियाको बलियो सम्भावना भएकी नायिका भएकोले उनको बच्चाले केहि दुस्ख नदिने बताउँछिन् । भर्खरैको एक अन्तर्वार्तामा, करिनाले आलियाको छनौटलाई “साहसी” र “कुलेस्ट” निर्णयको रूपमा स्वागत गरेको बताएको छिन् ।
आफ्नो व्यावसायिक कर्तव्यप्रतिको प्रतिबद्धता र आफ्नो व्यक्तिगत जीवनलाई सन्तुलनमा राखेकोमा आलियाको प्रशंसा गर्दै करीनाले मिड डेलाई भनिन्, “उनी सधैं झैं मनमोहक देखिन्छिन्।आज उनीभन्दा ठूलो स्टार कोही छैन, र म पक्षपाती पनि छैन।
आलियाले करिनाका भाइ अभिनेता रणवीर कपूरसँग विवाह गरेकाले आलिया आफ्नो परिवारको एक हिस्सा समेत भएको बताइन् । दुई सन्तान तैमुर र जेहकी आमा बनेकी नायिका नायिका करिना अहिले पनि बलिउडमा उस्तै व्यस्त नायिका पर्छिन् ।