काठमाडौं २७ साउन । नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ । यही मंसिर ४ गते हुने निर्वाचनको लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।
बैठक भोली शनिबार विहान ९ बजे बस्ने बस्ने भएको छ । सो बैठकमा बाँडफाँटको मोडालिटी तयार गर्नुको साथै आफ्नो पार्टीले लिने सिट संख्यामा अडान लिन विषयमा समेत छलफल हुने बताइएको छ ।
कांग्रेसले १०० सिट माग्दै आएको छ । बाँकी अन्य दललाई बाँडफाँड गर्ने प्रस्ताव राखेको छ ।
कांग्रेसले १०० सिट माग्दै गर्दा अन्य दलका केहि नेताले भने काँग्रेस छाडेर विद्रोहको चेतावनी दिने समेत दिएका छन् ।