हिट फिल्म ‘पशुपति प्रसाद'बाट दीपेन्द्रसँग सहकार्य गरेका विपिन ‘चङ्गाचेट २’मा अनुवन्धित, विपिन र दीपेन्द्रको तेश्रो सहकार्य — OSNepal

हिट फिल्म ‘पशुपति प्रसाद’बाट दीपेन्द्रसँग सहकार्य गरेका विपिन ‘चङ्गाचेट २’मा अनुवन्धित, विपिन र दीपेन्द्रको तेश्रो सहकार्य

LC (KTM) August 11, 2022 0

काठमाडौँ ।

पशुपतिप्रसाद, चङ्गाचेट, के घर के डेरा लगायतका फिल्ममा सफल निर्देशक हुन् दीपेन्द्र के खनाल ।

उनले निर्देशन गरेका फिल्महरु ‘पशुपति प्रसाद, के घर के डेरा’मा एकसाथ काम गरेका विपिन कार्कीलाई दीपेन्द्रको तेस्रो फिल्ममा पनि अनुबन्धित गरिएको छ ।

उनै निर्देशक दीपेन्द्रले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘चङ्गाचेट २’मा नायक विपिन कार्की अनुवन्धित भएका छन् ।

विपिन र फिल्मको निर्माणपक्षविच आज संझौता भएको हो । फिल्ममा यसअगाडि नै अर्पण थापा अनुवन्धित भैसकेका छन् । फिल्मलाई कमेडी जनरामा बनाउने तयारी दीपेन्द्रको छ । ‘चङ्गाचेट’ बक्स अफिसमा हिट भएको थियो ।

यो फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । शर्मिलाको निर्माण रहेको फिल्म चिसो मान्छेले मध्यम खालको व्यापार गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर