यसरी अप्ठ्यारोमा परे दीपकराज गिरी — OSNepal

यसरी अप्ठ्यारोमा परे दीपकराज गिरी

LC (KTM) August 11, 2022 0

काठमाडौँ ।

निर्माता तथा कलाकार दीपकराज गिरीको फिल्मसँग हत्तपत्त कसैले फिल्म जुधाउन सक्दैनन् ।

उनीहरुको बण्ड र मेहेनत र मेकिगंका कारण फिल्म राम्रो बन्ने र दर्शकहरुले भरपुर मनोरञ्जन लिने भएका कारण पनि उनीहरुको फिल्म बजारमा आएका बेला अर्को फिल्म निर्माताले सो मितिमा जुधाउन खोज्दैनन् ।

दीपकले सँधै आफ्नो फिल्म दसैंमा मात्रै रिलिज गर्दै आएका थिए । यो वर्षलाई पनि दीपकको तयारी दशैँ नै थियो । दीपकको टिमले फिल्मको स्क्रिप्ट नै सुरु नहुँदै दसैंमा फिल्म रिलिज गर्ने पक्का गर्यो ।

तर विविध कारण उनको फिल्म छायांकनमा जान सकेन। यसबीच फिल्म मेकरले धमाधम आफ्ना फिल्म रिलिजको मिति तय गर्दा दीपकले अघिल्ला वर्षहरुमा जस्तै भनेजस्तो उचित समय पाएका छैनन् ।

फिल्म रिलिजको तालिका हेर्ने हो भने असोज ७ गतेदेखि कात्तिक ११ देखिसम्मको ठूला चाडपर्वहरु रहेको समय प्याक देखिन्छ । यसबिचमा राम्रो ब्रान्डका फिल्महरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको ‘महापुरुष’ कात्तिक ११ मा, असोज ७ मा ‘प्रेमगीत ३’ ‘परदेशी २’असोज १४, ‘हिजोआजका कुरा’, ‘के घर के डेरा’सहित चार फिल्मले यही बीचमा प्रदर्शन मिति तय गरेका कारण पनि दीपक अहिले थप अप्ठ्यारेमा परेका छन् ।

दीपक र दीपको टिमले अहिले निदेृशक हेमराज बिसीको निर्देशनमा ‘छक्कापन्जा ४’को काम अगाडी बढाइरहेका छन् । यहीबिचमा दीपक कुन फिल्मसँग जुध्न पुग्लान् ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर