बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते — OSNepal

बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते

LC (KTM) August 11, 2022 0

काठमाडौं :

बलिउड अभिनेत्री शिल्पा शेट्टी घाइते भएकी छन्। उनी सुटिङका क्रममा लडेर घाइते भएको भारतिय मिडियाले जनाएका छन् ।शिल्पाले हालै सामाजिक सञ्जालमा तस्बिर राख्दै आफ्नो खुट्टा भाँचिएको जानकारी दिएकी हुन्।

तस्बिरमा उनी अस्पतालमा ह्विलचेयरमा बसेको देख्न सकिन्छ। खुट्टा भाँचिएर ह्विलचेयरमा भए पनि उनले मुस्कुराउँदै तस्बिरका लागि पोज दिएकी छन्। तस्बिरमा उनलाई प्रशंसकहरूले चाँडै निको हुनु भनेर शुभकामना दिएका छन्।फोटो राख्दै उनले लेखेकी छन्, रोल, क्यामरा र एक्सन भयो र मेरो खुट्टा भाँचियो। अब ६ हप्तासम्म म कुनै एक्सन गर्न पाउँदिनँ। तर जब फेरि फर्केर आउँछु तब पहिलेभन्दा राम्रो भएर आउँछु।

तबसम्मका लागि मलाई प्रार्थनामा सम्झिनुहोला। वेबसिरिज ‘इन्डियन पुलिस फोर्स’को सुटिङ क्रममा शिल्पाको खुट्टा भाचिएको भारतिय मिडियाले उल्लेख गरेका छन् । फिल्मलाइृ रोहित शेट्टीले निर्देशन गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर