काठमाडौं २६ साउन । आगामी मंसिरमा हुने निर्वाचनको लागि रणनिति बनाउन नेकपा एमालेले केन्द्रिउ सचिवालय बैठक बोलाएको छ । बैठक आज मध्याह्न १२ बजे ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचनको रणनीति, चुनावी एजेण्डा लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको हो । गठवन्धन दल भने सिट बाँडफाँडको गृहकार्य गरिरहेको छ ।
साथै, ११ सदस्यीय कार्यदल गठन गरी सिट बाँटफाँटको गृहकार्य गर्दै छ । यता एक्लिएको एमाले भने चुनावी मैदानमा गठवन्धनको कसरी सामाना गर्ने भनेर रणतिनि बनाउन तिर लागि परेको छ ।
साथै, आज बस्ने सचिवालय बैठकले बैठकले पोलिटब्युरो र केन्द्रीय समितिको बैठकको मिति समेत निर्धारण गर्ने सम्भावना बनेको छ ।