सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग ओलीले आत्मसमर्पण गरेको नेता नेपालको आरोप — OSNepal

सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग ओलीले आत्मसमर्पण गरेको नेता नेपालको आरोप

LC (KTM) June 21, 2021 0

काठमाडौँ ७ असार । नेकपा एमालेका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट भएको बताएका छन् ।

आज सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत नेता नेपालले पार्टी अध्यक्ष समेत रहेका ओलीले भ्याकेटमा जाने निर्णय गरेर पार्टीको एकता भंग गर्न लागेको आरोप लगाएका हुन् । ओलीले सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने काम गरेको बताएका नेपालले भनेका छन्, असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गराउॅछु ।

नेता नेपालले लेखका छन्,”कर्णाली प्रदेशका संसद्हरुमाथि विधान विपरित गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ ।स्थायी कमिटीका नेतामाथि कथित कारबाही, फेरि उहाँहरुसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रुपमा लिएको जस्तो देखियो। सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपंथी तत्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ।असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र सम्वादलाई रणनीतिका रुपमा प्रयोग गर्नेहरु र एकता विरोधी तत्वहरूसंग सावधान हुन सबैको ध्यानाकर्षण गराउॅछु” ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर