भुवन केसी र नायिका जसिता गुरुङ मिलेर गर्दैछन् यस्तो नयाँ काम — OSNepal

भुवन केसी र नायिका जसिता गुरुङ मिलेर गर्दैछन् यस्तो नयाँ काम

LC (KTM) August 11, 2022 0

काठमाडौं, २६ साउन:

एडी रिलिजको आयोजनमा आज बिहीबारबाट ‘सुपर डान्सर नेपाल’ को प्रसारण सुरु हुँदै छ । यो डान्स रियालिटी शो बिहीबार राति ९ बजे बाट कान्तिपुर टेलिभिजनमार्फत प्रसारण हुन लागेको हो ।

यो रियालिटी शो हरेक बिहीबार र शुक्रवार कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । शोका निर्णायकमा अभिनेता भुवन केसी, अभिनेत्री जसिता गुरुङ र कोरियोग्राफर सुरेन राई छन् । कार्यक्रमको होस्टमा कविता नेपाली र विल्सनविक्रम राई छन् । शोको निर्देशक भुषण दाहाल हुन् ।

शोका लागि काठमाडौं, पोखरा, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्जमा फिजिकल अडिसन र नेपाल बाहिर नेपाली भाषीको बाहुल्यता भएको स्थानमा डिजिटल अडिसन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर