नेपाली चलचित्रहरु भारतमा रिलिज हुने क्रम बढ्दो, आकाश र पूजाको सम्झना–बिर्सना भारतमा रिलिज हुने — OSNepal

नेपाली चलचित्रहरु भारतमा रिलिज हुने क्रम बढ्दो, आकाश र पूजाको सम्झना–बिर्सना भारतमा रिलिज हुने

LC (KTM) August 11, 2022 0

काठमाडौं :

पछिल्लो समय नेपाली चलचित्रहरु भारतमा रिलिज हुने क्रम बढेको छ । यसै क्रममा नेपाली चलचित्र ‘सम्झना–बिर्सना’ पनि अब भारत रिलिज हुने भएको छ । यो चलचित्र दुई साता अघिबाट नेपालमा प्रदर्शन भईरहेको छ ।

यो चलचित्र आगामी ९ सेक्टेम्बरबाट इन्डियामा रिलिज हुने निर्माता अद्धितीय प्रधानले बताएका छन् । उनका अनुसार सुरुमा दार्जिलिङ, सिक्किम, सिल्गुडी, जय गाउँलगायतका स्थानका हलमा प्रदर्शन हुने भएको छ ।

त्यसपछि असाम, उत्तराखण्ड र हिमाञ्चल प्रदेशमा पनि यो फिल्म रिलिज हुने उनले बताएका छन्,‘इन्डियामा नेपाली फिल्मको मार्केट एक्दम राम्रो छ । तर हामीले सहि बजार खोज्न सकेका छैनौ ।’

निमेष प्रधान निर्देशीत फिल्म भारतका हलमा नेपाली भाषामै तर अंग्रेजी सबटाइटलका साथ प्रदर्शन गरिदै छ,‘हामीले प्रारम्भीक रुपमा नेपाली भाषी दर्शकलाई नै लक्षित गरेका छौ । त्यसैले नेपाली भाषामै रिलिज गर्न लागेका हौ । नेपाली नबुझ्नेहरुका लागि भने अंगे्रेजी सबटाइटल राखेका छौं ।’

रेबिका प्रधानको निर्माण र निर्देशक निमेषकै लेखन रहेको फिल्मले नेपालमा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो । फिल्ममा आकाश श्रेष्ठ,पूजा शर्मा, सुनील थापा,छुल्ठिम गुरुङ र शिसिर राणा मुख्य भूमिकामा छन् । दार्जिलिङ,सिल्गुढी तथा सिक्कीमका रमणीय स्थानमा खिचिएको फिल्ममा शिब ढकालको छायांकन,कमल राई र रामजी लामीछानेको कोरियोग्राफी तथा अर्जुन पोखरेल र निमेष प्रधानलको संगीत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर