काठमाडौँ ।
बालबच्चाहरुलाई सडक पार गराउँदा निकै ध्यान दिन जरुरी हुन्छ ।
बालबालिका आँफैमा अटेर स्वभाव र धेरै कुरा थाहा पाइनसकेको एउटा कच्चा उमेरका कारण पनि उनीहरु जिद्धी स्वभावका हुन्छन् । धेरै चकचक गर्ने, दौडिरहने, नटेर्ने बानी उनीहरुमा हुन्छ ।
र त्यही बानीले उनीहरुलाई जोगाउन निकै गाह्रो पर्ने भएकाले अविभावकहरुले निकै सावधानी अपनाउनुपर्ने हुन्छ । यसैबिच भारतमा एक बसबाट दुई बालबालिका झर्छन् ।
बसबाट झरे लगत्तै उनीहरुले बाटो काट्ने क्रममा हाइवेमा विपरित दिशाबाट तिब्र गतिमा ट्रक आइरहेको हुन्छ र ट्र चालकले सुरुमा सोही बसले छेकेका कारण बच्चालाई देख्दैनन् तर ट्रकले हान्नै लाग्दा उनले एक्कासी ब्रेक लगाउँछन् ।
निकै नै चलाखी पूर्ण तरिकाले ति चालकले ट्रकलाई रोक्न सकेकै कारण साना बालकको ज्यान जोगिन पुग्छ भने अर्का बालक डराएर बसतिरकै साइडमा फर्किन्छन् ।
हुँदाहुँदैको दुर्घटनाबाट एक बालक कसरी बाँचे हेर्नुहोस् ट्विटरमा हालै सेयर गरिउको यो ८ सेकेण्डको भिडियो । जुन लाखौँ दर्शकले हेरिसकेका छन् ।
Brake system! 👌👌pic.twitter.com/xilZwyowF5
— Figen (@TheFigen) August 7, 2022