काठमाडौं २४ साउन । नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले आगामी निर्वाचनमा एमालेले कुने दलसँग गठवन्धन नगर्ने स्पष्ट पारेका छन् ।
मंगलबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता ज्ञवालीले गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको भन्दै यस विषयमा स्पष्ट पारेका हुन् ।
गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरूसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य आवाश्यकता अनुसार तालमेल हुनसक्ने जानकारी दिएका उनले एमाले आफ्नो खुट्टामा उभिएर चुनाव लड्न सक्ने बताए ।
कमजोरले अरुको साथ खोज्ने तर बलियोले एक्लै लड्ने सामर्थ्य राख्ने भन्दै उनले नेपाली काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको टिप्पणी समेत गरे ।