काठमाडौं २४ साउन । दैलेखका कविराम कामीले आफ्नो नागरिकताबाट कुकुर कामी हटाएर कविराम कामी कायम गर्न निवेदन दिएका छन् ।
कविराम जिल्ला प्रशासन कार्यालयमा आज निवेदन दिएपछि उनले कुकर कामीको नामबाट जारी भएको नागरिकता नाम संशोधन गरी प्रतिलिपि पाउने भएका छन् ।
कविरामले प्रशासन कार्यालयमा दिएको निवेदन पत्रमा भनिएको छ , ‘मलाई गाउँमा चिनाउने र चिन्ने नाम कविराम कामी भएको भए पनि २०४६ सालमा गाउँमा खटिएको नागरिकता वितरण टोलीले नागरिकता दिदाँ ‘कुकुर कामी’ दिएको र त्यस नामले हिनता र अपमान भइरहेको कारण कविराम कामी उल्लेख गरेर नागरिकता प्रतिलिपी पाउँ ।’
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले छिट्टै नाम संशोधन गरेर कविरामले नागरिकताको प्रतिलिपी पाउने बताएका छन् ।