काठमाडौं २४ साउन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दल दर्ता गरेको छ । आगामी निर्वाचनको लागि आज मंगलबार एमाले दल दर्ता गर्न निर्वाचन आयोग पुगेको हो।
एमालेले दल दर्ता गरसँगै आयोगमा दल दर्ता गर्नेको सख्या १० पुगेको छ । एमालेका महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमालसहितका नेताहरुल अध्यक्ष केपी शर्मा ओलीले पठाएको पत्र बुझाएपछि आयोगले १० औं दलका रुपमा एमालेको दर्ता गरेको हो ।
यस भन्दा अघि सबै भन्दा पहिला दल दर्ता गर्नेमा सीके राउत नेतृत्वको जनमत पार्टी रहेको छ ।
अन्यमा मौलिक जरोकिलो पार्टी, नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी, पुनर्जागरण पार्टी नेपाल, जनता प्रगतिशील पार्टी नेपाल, राष्ट्रिय विकास पार्टी, नेकपा माओवादी समाजवादी, राष्ट्रिय नागरिक पार्टी आयोगमा दर्ता भएका छन् ।
अहिले सम्म दल दर्ता गर्ने ठुलो पार्टी एमाले रहेको छ ।