काठमाडौँमा थप २८५ जनामा संक्रमण, भक्तपुर र ललितपुरमा कति ? — OSNepal

काठमाडौँमा थप २८५ जनामा संक्रमण, भक्तपुर र ललितपुरमा कति ?

LC (KTM) June 21, 2021 0

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३७९ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ तथा जनसंखया मन्त्रालयका अनुसार आज काठमाडौँमा २८५ जना, ललितपुरमा ६१ जना तथा भक्तपुरमा ३३ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २९७ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंखया मन्त्रालयका अनुसार आज १० हजार ९०४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १५८४ तथा एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ३१३० जनाले कोरोना जितेका छन् । नेपालमा हालसम्म ५ लाख ५९ हजार ९२८ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ८९९ प्रतिशत रहेको छ ।

यही अवधिमा थप ४६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ८ हजार ७७२ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्यु दर १.५ प्रतिशत रहेको छ । हाल नेपालमा ५३ हजार ९४० जना सक्रिय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर