मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जना पक्राउ — OSNepal

मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जना पक्राउ

LC (KTM) June 21, 2021 0

काठमाडौं ७ असार। गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण रमपम चोकस्थित कृष्ण मन्दिरबाट चोरी भएका ११ थान मूर्ति सहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा गोकर्णेश्वर नगरपालिका-७ दक्षिणढोका बस्ने ओखलढुङगा लिखु गाउँपालिका-९ घर भएका ४२ वर्षीय अकिंत घिमिरे र गोकर्णेश्वर नगरपालिका-८ बालुवाखानी बस्ने सर्लाही रामनगर गाउँपालिका-६ घर भएका ४६ वर्षीय रुपनायाण शाह रहेका छन् ।

उक्त मन्दिरबाट गत जेठ २३ गते मूर्ति चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्ध र महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनीहरुलाई पित्तलको सानो ठुलो मूर्ति ८ थान र प्लाष्टिकको मूर्ति ३ थान गरी जम्मा ११ थान मूर्ति सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर