ज्वाला संग्रौलासहित वाईबा र उपाध्याय थप तीन दिन हिरासतमा राख्न, प्रशासनले दियो प्रहरीलाई अनुमति — OSNepal

ज्वाला संग्रौलासहित वाईबा र उपाध्याय थप तीन दिन हिरासतमा राख्न, प्रशासनले दियो प्रहरीलाई अनुमति

LC (KTM) June 21, 2021 0

काठमाडौं ७ असार । आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित शर्मिला वाईबा र हिमाल उपाध्यायलाई थप तिन दिन हिरासतमा राख्न प्रशासनले प्रहरीलाई अनुमति दिएको छ । युवा संघकी नेतृ खुश्बु घिमिरेमाथि कुटपिट अभियोगमा पक्राउ परेका संग्रौला सहित उनका पति हिमाल उपाध्याय र शर्मिला वाईबालाई थप तीन दिन हिरासताम राख्न काठमाडौं जिल्ला प्रशासनले प्रहरीलाई अनुमति दिएको हो ।

हिजो साँझ पक्राउ परेका उनीहरुमाथि प्रहरीलाई समेत दुर्व्यवहार गरेको आरोप लागेको छ । नेतृ घिमिरेले आफूमाथि गत जेठ १६ गते काठमाडौंको गौशला प्रहरी वृत्तको हिरासतमा संग्रौलाको समुहले आक्रमण गरेको किटानी जाहेरी दिएकी थिइन् । अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनुमति दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर