नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्नु, गरेको भए सच्याउनु भन्दै गृह मन्त्रालयले दियो सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन — OSNepal

नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्नु, गरेको भए सच्याउनु भन्दै गृह मन्त्रालयले दियो सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन

LC (KTM) August 08, 2022 0

काठमाडौं २३ साउन । दलित समुदायका नागरिकको नागरिकतामा नाम पशुका नामजस्तै राख्ने गरेकोमा राष्ट्रिय सभामा आपत्ति जनाउँदै त्यसलाई सच्याउन माग गरेपछि यस विषयमा गृह मन्त्रालयले बोलेको छ ।

मन्त्रालयले सोमबार एक विज्ञप्ती जारी गर्दै अपमानजनक नागरिकता वितरण गर्दा नागरिकतामा अपमानजनक शब्द नलेख्न र लेखिसकेको अवस्थामा त्यसलाई सच्याउन सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको सम्बन्धमा प्रकाशित समाचार, सूचना तथा जानकारीप्रति मन्त्रालयको ध्यानाकर्षण भएको भन्दै विज्ञप्तीमा तत्काल सो कार्य सच्याउन निर्देशन दिइएको हो ।

मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ , ‘ अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्ने, त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउने । ‘

राष्ट्रियसभा सदस्य भुवनबहादुर सुनारले सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा दलित समुदायका नागरिकको नागरिकतामा कुकुर्नी कमिनी , कुकुर कामी , कुत्ता वादी राख्ने हाकिमको हात भाच्ँनुपर्छ भनेपछि यस विषयमा गृह मन्त्रालयको ध्यानाकर्षण भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर