काठमाडौं २३ साउन । आगामी मंसिर ४ गते एकै चणरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट गर्न बनेको सत्ता गठवन्धको बैठक बालुवाटारमा जारी छ । सो कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व रहेको छ ।
गठवन्धन दलले पाउने १६५ सिट मध्ये ९९ सिट कांग्रेसले दावी गर्ने देखिएको छ । गठवन्धनको बैठक अगाडी नेपाली कांग्रेसको छुट्टै बैठक बसेको थियो ।
कार्यदलमा कांग्रेसबाट कार्कीसहित कृष्णप्रसाद सिटौला र महामन्त्री गगन थापा, माओवादी केन्द्रबाट अर्थमन्त्री जनार्दन शर्मा र वर्षमान पुन, नेकपा एकीकृत समाजवादीबाट महासचिव बेदुराम भुसाल र उपाध्यक्ष प्रमेश हमाल, जसपाबाट रामसहाय यादव र रकम चेम्जोङ, राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा सदस्य रहेका छन्।