काठमाडौं २३ साउन । नेपाली कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता नदिएको भन्दै पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरिएको छ ।
नेता शेखर कोइरालानिकट विद्यार्थीले नेविसंघलाई पूर्णता दिनुपर्ने मागसहित आज सोमबार सानेपामा प्रर्दशन गरेका हुन् ।
साउन मसान्तभित्र भ्रातृ संस्थालाई पूर्णता दिने कांग्रेसको केन्द्रिय सदस्यले निर्णय गरे पनि उक्त निर्णय नभएको भन्दै भ्रातृ संस्थालाई पूर्णता नदिएको भन्दै प्रर्दशन गरिएको हो ।
नेविसंघ नेता भुवन भट्टले केन्द्रीय समितिले गरेको निणर्य कार्यान्वयन नभएकोले पार्टी कार्यालयमा प्रदर्शन गरेर नेताहरूको ध्यानाकर्षण गराइएको बताए । प्रदर्शनकारीले साउनभर भ्रातृ संस्थालाई पूर्णता दिन भन्दै नेताहरुलाई खवरदारी समेत गरेका छन् ।