पहाडको चुचुरोमा सेल्फी खिच्न खोज्दा चिप्लिएर खसेकी रोजीको दुखद निधन : श्रीमानले हात समाते पनि छोराछोरीकै आँखै अगाडी बचाउन सकेनन् — OSNepal

पहाडको चुचुरोमा सेल्फी खिच्न खोज्दा चिप्लिएर खसेकी रोजीको दुखद निधन : श्रीमानले हात समाते पनि छोराछोरीकै आँखै अगाडी बचाउन सकेनन्

LC (KTM) August 08, 2022 0

काठमाडौं :

सेल्फी लिन पहाडको चुचुरो छेउमा जाँदा चिप्लिएर खसेकी एक महिलाको निधन भएको छ । ३८ वर्षीया रोजी लुम्बा आफ्नो परिवारसँग अष्ट्रेलियाको बोरोका लुकआउट नजिकै घुम्न गएकी थिइन्। यसै क्रममा श्रीमान् र छोराछोरीका अगाडि चुचुरोको किनारबाट खसेर उनको मृत्यु भएको समाचारमा जनाइएको छ ।

रोजी लुम्बा नाम गरेकी रोजी लुम्बा आफ्ना श्रीमान बसन्त र दुई छोराछोरीसँग घुम्न गएकी थिइन् । यसै क्रममा श्रीमान् श्रीमती फोटो खिच्न भ्यु प्वाइन्ट नजिक पुगेका उनको ‘सेल्फी रक’ मा पुगेर फर्किन खोज्दै गर्दा खुट्टा चिप्लिएर तल खसेको बताए ।

चट्टानमा झुण्डिएकी उनलाई श्रीमानले बचाउन खोजे पनि नसकेको बताइएको छ । प्रहरी र आकस्मिक सेवालाई पनि रोजीको शव निकाल्न करिब ६ घण्टा लागेको बताइएको छ । अनुसन्धानले पत्ता लगायो कि रोजीको मृत्यु टाउको फुटेको, मेरुदण्ड बिग्रिएको र धेरै चोटपटकका कारण भएको उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर