बाँकेमा २९ अर्ब बढी राजस्व सङ्कलन — OSNepal

बाँकेमा २९ अर्ब बढी राजस्व सङ्कलन

LC (KTM) August 08, 2022 0

बाँके- बाँकेमा सङ्घीय र लुम्बिनी प्रदेश सरकारअन्तर्गतका कार्यालयबाट आर्थिक वर्ष २०७८÷७९ मा साँढे २९ अर्ब बढी राजस्व सङ्कलन भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) बाँकेको तथ्याङ्कअनुसार, सङ्घीय सरकारतर्फ रु २८ अर्ब ६४ करोड ३९ लाख ४६ हजार सात सय ९२ र प्रदेश सरकारतर्फ रु एक अर्ब एक करोड ४५ लाख ६८ हजार पाँच सय ८४ राजस्व सङ्कलन भएको हो । सङ्घ र प्रदेश गरी बाँकेमा आव २०७८÷७९ मा २९ अर्ब ६५ करोड ८५ लाख १५ हजार तीन सय ७६ राजस्व सङ्कलन भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर