मनाङेले देउवा, प्रचण्ड र भट्टराई लाई भेटेकोबारे थापाको टिप्पणी:यसरी नै हो नर्कको बाटो भएर स्वर्गतिर जाने — OSNepal

मनाङेले देउवा, प्रचण्ड र भट्टराई लाई भेटेकोबारे थापाको टिप्पणी:यसरी नै हो नर्कको बाटो भएर स्वर्गतिर जाने

LC (KTM) June 21, 2021 0

काठमाडौं ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार एवम् नेकपा ९एमाले०का नेता सूर्य थापाले नेकपा एमाले सरकार छाडेर प्रतिपक्षीदल सँग मिलेर गण्डकी प्रदेशका विनाविभागीय मन्त्री दीपक मनाङेको चर्को आलोचना गरेका छन् ।

उनले मनाङेले कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईसँग गरेको भेटको विषयमा चर्को आलोचना गरेका हुन् ।
थापाले आज सामाजिक सञ्जाल फेसबुक मार्फत मनाङले तिनै पुर्व प्रधानमन्त्रीलाई भेटेको फोटो सहित “रत्नाकर डाँकु” भन्दै मनाङेलाई वाल्किकी भएर – बुढानिलकण्ठ, टोखा र खुमलटार दरबारमा साक्षात् दर्शनभेट दिन आएको अपूर्व क्षण भन्दै टिप्पणी गरेका हु्न् । यस्तो भेटलाई थापाले नर्कको बाटो भएर हामी स्वर्गतिर जाँदैछौं भनेका छन् ।

उनले लेखेका छन्-“रत्नाकर डाँकु” वाल्किकी भएर – बुढानिलकण्ठ, टोखा र खुमलटार दरबारमा साक्षात् दर्शनभेट दिन आएको अपूर्व क्षण । हामी यसरी नै पो स्वर्गतिर जाँदैछौ, नर्कको बाटो भएर ? “अमरेश पुरी”को हुलियावालाले जनमतविपरित ह्वाँकै कृपामा मुख्यमन्त्री प्राप्त गर्नुभएको सफलता जो हासिल भयो – गण्डकी तटमा ! एमालेलाई हटाउन निर्णायक सहयोग गरेकोमा ह्वाँको हामी तीन पूर्व प्रधानमन्त्रीकहाँ उच्च प्रशंसा, स्वागत र हाईहाई त गर्नैपरो ! र, समवेत् श्वरमा गाउनै परो-

‘सलल बग्यो गण्डकी
आज यहाँ छौं, भोलि त कहाँ हो कहाँ ?
यस्तै छ हाम्रो जिन्दगी ११’
………..
हामी महान छौं,
हामीले जितेका छौं,
हाम्रो एकता महान छ !!!!
तस्बिर सौजन्य ( राजीव गुरूङ उर्फ दीपक मनाङेको धबिि बाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर