पावर सेयरिङ गरेर देउवालाई थप चुनौती दिन निधि कोइराला र सिंहबिच छलफल — OSNepal

पावर सेयरिङ गरेर देउवालाई थप चुनौती दिन निधि कोइराला र सिंहबिच छलफल

LC (KTM) June 21, 2021 0

काठमाडौँ ७ असार ।नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा पनि सभापति शेरबहादुर देउवले नै सभापतिको उम्मेदवारमा दावी गर्ने भनेपछि यति बेला नेपाली कांग्रेस पनि छुट्टा छुट्टै बैठक व्यस्त रहेको छ ।

सभापति देउवालाई चुनौती दिन आज पावर सेयरिङको कुरा गर्न भन्दै कांग्रेसका विमलेन्द्र निधि महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबिच आज निधि निवासमा छलफल भएको छ । तिनै जना सभापतिको उम्मेदवारमा उठेर देउवालाई चुनौती दिने विषयमा सहमत समेत भएको स्रोतले जनाएको छ ।

लामो समय देखि देउवालाई साथ दिँदै आएका निधिले यस पटक भने देउवाको सभापति उम्मेदवारका लागि सहयोग नगर्ने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर