नदीमा माछा मारिरहेका माझीले एक्कासी ३ सय केजीको माछा देखे, जुन माछा नै हो संसारकै अहिलेसम्मकै ठूलो माछा — OSNepal

नदीमा माछा मारिरहेका माझीले एक्कासी ३ सय केजीको माछा देखे, जुन माछा नै हो संसारकै अहिलेसम्मकै ठूलो माछा

LC (KTM) August 07, 2022 0

काठमाडौं ।

सन् २००५ मा थाइल्याण्डस्थित मेकङ नदीमा पाइएको २ सय ९३ केजीको क्याटफिस माछा भन्दा ठूलो अर्को माछा फेला परेको छ ।

जुन माछा कम्बोडियास्थित मेकङ नदीमा फेला परेको हो । क्याटफिस जातको उक्त माछाको तौल ३ सय केजीको रहेको बताइउको छ ।

तिब्बत हुँदै बग्ने नदीमा फेला परेको यो माछा हालसम्म पृथ्वीका नदी, ताल आदि ताजा पानीका स्रोतहरुमा पाइएको मध्ये सबैभन्दा ठूलो माछा हो । उक्त माछा गत जुन १३ मा कम्बोडियाको कोह प्रेह टापुस्थित एक स्थानीय माझीले फेला पारेका हुन् ।

जुन ३.९८ मिटर लामो र २.२ मिटर चौडा रहेको छ । उक्त विशाल र अनौठो अनौठो माछा फेला परेसँगै शोधकर्ताहरुले उक्त माछाको नापजाँच गरेका छन् ।

जसबाट सो माछाको तौल ३ सय केजी पाइयो । उनीहरुले उक्त माछाको भावी गतिविधि अध्ययन गर्नका लागि ट्याग लगाएर नदीमा पुनः छाडीएको बीबीसीले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर