काठमाडौं २२ साउन । नेकपा एमालेकी सचेतक शान्ता चौधरीले महंगीले नेपालमा भोकमरी आउन सक्ने बताएकी छन् । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा सचेतक चौधरीले बजार भाउ नियन्त्रण बाहिर जाँदा पनि सरकार मूकदर्शक बनेको भन्दै यस्तो बताएकी हुन् ।
प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै चौधरीले यसरी नै भाउ नियन्त्रण बाहिर जाँदा पनि सरकार मूकदर्शक भएर जाने हो एक दिन नेपालमा पनि एक झोला सामान किन्नको लागि एक झोला पैसा लिएर जानुपर्ने अवस्था नआउँला भन्न नसकिने बताइन् ।
यो सरकार महँगीको नियन्त्रण गर्न भन्दा पनि दलाल पूँजीवादको साक्षी बनेर बसेको उनले आरोप लगाइन् ।
‘सरकारको काम महँगीको साक्षी बस्ने होइन । तर, यो सरकार दलाल पूँजीवादको साक्षी बनेर बसेको छ । गठबन्धन खुस्किन्छ कि भनेर बसेको छ ।’ उनले भनिन् ।