काठमाडौं २२ साउन । नेकपा एकिकृत सामाजवादी पार्टीका अध्यक्ष माधव नेपालका विश्वापात्र मानिएका निजामती कर्मचारीका नेता भोला पोखरेल नेकपा एमालेमै नै फर्किएका छन् ।
नेकपा एसका केन्द्रीय लेखा आयोगका सदस्यसमेत रहेका पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।
कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने यात्राका लागि मूलघर फर्केको बताएका पोखरेल कर्मचारीको आधिकारिक ट्रेड युनियन महासंघका नेता समेत हुन् ।