जब यी भाडामा बस्नेले घरबेटीलाई दिए यस्तो तनाव — OSNepal

जब यी भाडामा बस्नेले घरबेटीलाई दिए यस्तो तनाव

LC (KTM) August 07, 2022 0

काठमाडौं ।

आफ्नै घर भएका धरधनीलाई भाडा वालले घरबाहिर निकालेको कहिल्यै देख्नु वा सुन्नु भएको छ ?

दिल्लीको छेउमा रहेको ग्रेटर नोएडामा रहेको श्री राधा स्काई गार्डेन सोसाइटीको घर नम्बर १५०५ लाई भाडावालले कम्जा गरेपछि घरधनीले १० दिनसम्म घरबाहिर बस्नु परेको थियो ।

आफ्नै फ्ल्याटको स्वामित्व पाउनका लागि दम्पतीले १० दिनसम्म संघर्ष गर्नुपरेको छ । बृद्ध दम्पतीले भाडामा दिएको फ्ल्याटको स्वामित्व लिन १० दिनसम्म दिनरात सिँढीमा बसेको भारतीय मिडियाले उल्लेख गरेको छ ।

श्री राधा स्काई गार्डेन सोसाइटीमा रहेको टी(५ एफ १५०५ को फ्ल्याट नम्बर सुनील कुमारको नाममा छ। ६० वर्षीय सुनिल कुमार भारत पेट्रोलियममा काम गर्थे र रिटायर भएपछि मुम्बईबाट फर्केर ग्रेटर नोएडामा बस्न आएको बताइन्छ ।

सुनिल कुमारले भाडामा लिनेलाई मुम्बइबाट फर्किनुअघि नै फ्ल्याट खाली गर्न भनेका थिए । यसका लागि उनले नोटिस पनि पठाएका थिए तर भाडामा लिने महिलाले फ्ल्याट खाली नगरेर कब्जा गरेर बसेपछि घरधनीलाई निकै ठूलो समस्या परेको थियो ।

राखी गुप्ताले ट्विटमा एउटा तस्विर पनि सेयर गरेकी थिइन्, जसमा श्रीमान्–श्रीमती सिँढीको छेउमा धर्नामा बसिरहेका छन् । राखी गुप्ताले आफूले भाडामा लिने प्रीति गुप्तालाई फ्ल्याट खाली गर्न अप्रिलमा र फेरि मे महिनामा नोटिस दिएको बताइन् । सो क्रममा सोसाइटीले वृद्ध दम्पतीको समर्थनमा मैनबत्ती मार्च निकालेर ‘प्रीति गुप्ता हाइ–हाइ, प्रीति गुप्ता घर खाली गर’का नारा लगाएपछि बल्ल न्याय पाएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर