काठमाडौं २२ साउन । नेपाली कांग्रेसको भातृसंगठन नेविसंघमा आबद्ध विद्यार्थीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध आज बिहान विरोध प्रर्दशन गरेका छन् ।
गभर्नर अधिकारीविरुद्ध प्रर्दशनकारीले विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
ब्यानरसहित बालुवाटारस्थित राष्ट्र बैंकको केन्द्रीय कार्यालय परिसरभित्र छिर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो ।
केहि प्रर्दशनकारीलाई भने प्रहरीले नियन्त्रणमा लिएका छन् ।