खैरो हिरोइन सहित भक्तपुरबाट पोखरेल पक्राउ, पोखरेलको कोठाबाट भेटियो... — OSNepal

खैरो हिरोइन सहित भक्तपुरबाट पोखरेल पक्राउ, पोखरेलको कोठाबाट भेटियो…

LC (KTM) June 21, 2021 0

भक्तपुर ७ असार । अवैध लागूऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी दुहवी नगरपालिका ६ ठेगाना भएका ४३ वर्षीय गोपाल पोखरेल रहेका छन् ।

उनलाई मध्यपुर थिमी नगरपालिका १ लोकन्थलीस्थित सडकबाट बा.९८ प ७५९९ नम्बरको स्कुटरमा ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अवैध लागु औषध फेला परेपछि पोखरेललाई नियन्त्रणमा लिई उनी बस्ने कोठा खनतलासी गर्दा एक सय एमएलको डाईलेक्स डिसि ७ बोतल, ६० ग्राम लागूऔषध गाँजा र १ थान डिजिटल तराजु बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पोखरेलमाथि लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण व्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर