विबाह चलिरहेका बेला बेहुलालाई कोरोना देखिएपछि मच्चियो भागदौड — OSNepal

विबाह चलिरहेका बेला बेहुलालाई कोरोना देखिएपछि मच्चियो भागदौड

LC (KTM) June 21, 2021 0

काठमाडौँ । यतिबेला कोरोनाको समाचार नपढ्ने सायदै होलान् । नेपाल र भारतमा अझै कोरोनाले जनजीवन प्रभावित बनिरहेका बेला कोरोना महामारीकै समयमा बेहुली लिन गएका बेहुलालाई कोरोना संक्रमण भएपछि भागाभाग भएको छ ।

जोडतोडका साथ विवाहकालागि जन्ती लिएर बेहुला बनी घरबाट निस्किएका बेला बेहुलाको कोरोना रिर्पोट पोजेटिभ आएपछि जन्तिहरुबिच भागदौड मच्चिएको हो । हमीरपुरको सिसोलर थाना क्षेत्रको बक्चो गाँउमा धर्मेन्द्र नामका युवा क्वारेन्टिमा रहेका बेला विबाह छिनिन्छ र विवाह गर्न क्वारेन्टीनबाट निस्किएर घर पुग्छन् बेहुला ।

जन्ती निस्कनु अघि उनले क्वारेन्टिबाट निस्केर आउँदा दिएको परिक्षणको नतिजा एक्कासी आउँदा सबै चकित पर्छन् । क्वारेन्टिन बाट निस्किएका बेहुलालाई प्रहरीले रोकेर क्वारेन्टिन नै पठाएपछि विबाह रोकिन पुग्छ । उनको रिर्पोट नेगेटिभ आएपछि बल्ल विबाह गर्न पाउने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर