बलिउड अभिनेत्री तथा योगकी रानी शिल्पा शेट्टिको शारिरीक फिटनेश सबैका लागि प्रेरणादायक रहेको छ । उनको बडि देखेर जो कोही लालायित हुने गरेका छन् । शिल्पा योगको एकदमै पालना गर्छिन् । उनी सामाजिक सञ्जालमा योगको फाईदाको बारेमा तथा योग गर्नका लागि बिभिन्न टिप्स दिने गर्छिन् ।
२१ जुन अर्थात आज अन्र्तराष्ट्रिय योग दिवशका अवसरमा उनले एकदमै महत्वपुर्ण र फाईदा जनक टिप्सहरु दिएकी छिन् । शिल्पाले योग दिवशमा ब्राम्हारी प्राणायाम गर्न जोड दिएकी छिन् । जुन हाम्रो श्वासको अनुकुल प्राणायम समेत रहेको उनले बताएकी छिन् । उनले भिडियोको शुरुवातमा योग दिवशको शुभकामना दिदै यस प्रणायमको फाईदाका बारेमा बताएकी छिन् ।
यस प्राणायम गर्नाले कोरोना बिरामीको लागि अत्यन्तै फाईदा समेत पुग्ने उनको दाबी छ । उनले भिडियोका साथमा पोष्ट गर्दै यस्तो लेखेकी छिन्– श्वास हाम्रो शरीरका लागि सबैभन्दा जरुरी काम हो । सही तरिकाले श्वास लिएमा हाम्रो अंगमा सबै महत्वपुर्ण प्रक्रिया गर्नका लागि सही मात्रामा अक्सिजन मिल्छ ।