काठमाडौं ७ असार । लुम्बिनी प्रदेश सभाका जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षका सांसदलाई अर्का अध्यक्ष महन्थ ठाकुर पक्षले स्पष्टिकरण सोधेको छ ।
प्रदेश सरकारको नीति कार्यक्रममा पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयको ह्वीपविपरीत विपक्षमा लागेको आरोपमा यादव समुहका दुई जना प्रदेश सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधिएको हो ।
प्रदेश सभामा यादव समुहका सहस्रराम यादव र पुर्मती ढेंगा रहेका छन् ।