नेपालका लागि इजरायलका राजदुत गोडेर र सञ्चार मन्त्री थापाबिच शिष्टाचार भेटवार्ता — OSNepal

नेपालका लागि इजरायलका राजदुत गोडेर र सञ्चार मन्त्री थापाबिच शिष्टाचार भेटवार्ता

LC (KTM) June 21, 2021 0

काठमाडौँ ७ असार । नेपालका लागि इजरायलका राजदुत हनान गोडेरले आज सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।भेटका क्रममा मन्त्री थापाले हालै नवनियुक्त भएका ईजरायलका प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी छन् ।

भेटमा नेपाल–इजरायलबीचको सम्बन्ध, आपसी हित र सहकार्यका विषय कन्द्रित रहेको थियो । इजरायले गर्दै आएको सहयोगको आभार प्रकट गरेकी थापाले आउने दिनमा पनि यस्तो साथ र सहयोगको आशा रहेको राजदुत हनान गोडेरलाई बताएका छन् । राजदूत गोडेरले पनि भेटका क्रममा मन्त्री थापालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।

गतवर्ष मात्रै नेपाल ईजरायल सम्बन्धले ६० वर्ष पुरा गरेको स्मरण गराउँदै आउँदा दिनमा दुई देश बिचको सम्बन्ध अझ प्रगाढ बन्दै जाने पनि भेटका क्रममा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर