काठमाडौं २० साउन । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएकी छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले चीन ताइवानको विषयलाई नेपालले नजिकबाट नियालिरहेको भन्दै यस्तो बताएकी हुन् ।
नेपाल अन्तराष्ट्रिय शान्तिको पक्षमा भएकोले एक चीन नीतिको समर्थन गर्दै आएको लम्सालले बताइन् । प्रवक्ता लम्सालले भनिन्, ‘ दुवै मुलुले सम्मान गर्दै आएका छन्। नेपाल अन्तराष्ट्रिय शान्तिको पक्षमा छ।’
सम्मेलनमा उनले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम ९एसपीपी०बारे संसदमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले स्पष्ट पारिसकेको भन्दै उनले यस विषयमा आफु केहि नबोल्ने बताइन् ।
मंगलबार परराष्ट्रमन्त्रीको चीन भ्रमणमा हुने सम्झौता तत्काल भन्न नमिल्ने भन्दै उनले समय र परिस्थिति अनुकुल हामी बीचमा पुनस् पत्रकार सम्मेलन गरे जानकारी दिने बताइन् । यस विषयमा धेैर्य राख्न उनले आग्रह समेत गरिन् ।
साथै ,२० जना नेपाली राजदूत नियुक्तिका लागि सिफारिस भएकोमा १८ वटा राजदूतहरुको सहमति पत्र आइसकेको आइसकेको र तीन वटा राष्ट्रमा राजदूतहरु नियुक्त भएर गइसकेको बताइन् ।