काठमाडौं २० साउन । बालुवाटारमा बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको शिर्ष नेताहरुले बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने सहमती जुटाएका छन् ।
बैठकमा सहभागी नेपाली कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारी अनुसार ‘४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भएको हो ।
बालुवाटार स्रोतले दिएको जानकारी बैठकमा सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत समेत बनेको छ । जसमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की , माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन रहेका छन् ।
नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा कार्यदलको सदस्यमा रहेका छन् ।
निर्वाचनमा कुन दलले कति सिट लिने भन्ने टुंगो साउन अन्तिमसातासम्म सिफारिस गर्न बैठकमा भनिएको छ ।