अब भोलिदेखि टुटल र पठाओ पनि सञ्चालनमा आउने, ट्याक्सीमा चालकसहित तीनजना यात्रा गर्न पाउने — OSNepal

अब भोलिदेखि टुटल र पठाओ पनि सञ्चालनमा आउने, ट्याक्सीमा चालकसहित तीनजना यात्रा गर्न पाउने

LC (KTM) June 21, 2021 0

काठमाडौं-राइड सेयरिङ कम्पनी टुटल र पठाओ पनि भोली देखी संचालनमा आउने भएका छन् । सरकारले लागू गरेको जोरबिजोर प्रणालीअनुसार भोली देखी संचालनमा आउन भएका हुन् ।

सरकारले मङ्गलबारदेखि निजी सवारीलाई जोरबिजोर प्रणालीअनुसार सञ्चालन गर्न दिइने निर्णय गरेको थियो । सो निर्णय अनुसार यि सेवा संचालनमा आउने भएका हुन् ।

सरकारकको उक्त निर्णयसँगै ट्याक्सीमा चालकसहित तीनजना यात्रा गर्न पाउनेछन् भने मोटरसाइकल र स्कुटर जोर बिजोर प्रणाली अन्तरगत सञ्चालन हुनेछन् ।सवारीको पछाडि ०, २, ४, ६, ८ अंक भएका सवारी जोर हुन् भने पछिल्लो अंक १, ३, ५, ७ र ९ भएका सवारी बिजोर हुन् । जोर गतेको दिन जोर नम्बरका गाडी र बिजोर गतेको दिन बिजोर नम्बरको सवारीसाधन गुडाउन मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर