सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै सरकारसमक्ष ज्ञापनपत्र — OSNepal

सार्वजनिक यातायात सञ्चालन गर्न माग गर्दै सरकारसमक्ष ज्ञापनपत्र

LC (KTM) June 21, 2021 0

काठमाडौं ७ असार । कोरोना भाइरसको कारण विगत लामो समय देखि बन्द हुँदै आएको सार्वजनिक यातायात सञ्चालन गर्न पाउनुपर्ने माग सहित सुन्दर यातायात प्रा।ली।ले सरकारसमक्ष ज्ञापनपत्र बुझाएको छ । आज आइतबार भौतिक पूर्वधार तथा यातायात सचिव रविमान श्रेष्ठको कार्य कक्षमा ज्ञापनपत्र बुझाएको प्रा।ली।का अध्यक्ष भेष बहादुर थापाले जनाएका छन् ।

सधैँ कोरोनासँग डराउने हो हरेका क्षेत्रका रोजी रोटी खोसीदै जाँदा देशको अर्थतन्त्रमा समेत असर गर्ने पत्रमा उल्लेख गरिएको छ । उच्च सर्तकताका साथ सार्वजजनिक यातायात सञ्चालन गछौँ ।
लामो समयसम्म लकडाउन गराउने हो भने सार्वजनिक यातायातका क्षेत्रमा रहेका यातायात व्यावसायी , मजदुर , कामदार कर्मचारीहरुलाई थप आर्थिक समस्या भई समग्र देशको अर्थतन्त्रमा समेत संकट पर्ने भएकाले तत्काल सार्वजानिक बस सञ्जालनमा सहजीकरण गरीदिन सुन्दर यातायात प्रा।ली।ले माग गरेको छ ।
ज्ञापनपत्रमा भनिएको छ–लामो समयसम्म लकडाउनको कारण हामी यातायात व्यावसायीहरुले मासिक रुपमा बैकहरुलाई बुझाउनु पर्ने किस्ता रकम वुझाउन नसकिरहेको तथा हामी यस क्षेत्रमा आवद्ध भई व्यवसाय गरी रहेका सम्पूर्ण व्यवसायी सो मा आवद्व कामदार , मजदुर कर्मचारीहरुको न्यूनतम आवश्यकता पुरा गर्न समेत सकिरहेका छैनौ । हामी सधै कोराना संग डराउने , कोरोनाको विरुद्द नलड्ने हो भने जुनसुकै क्षेत्रका आम सर्वसाधारणको रोजिरोटी समेत बन्द भई ठुलो भोकमरी लाग्ने स्थिती आउनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर