काठमाडौं १९ साउन । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुको पदावधि आगामी मंसिर २१ गते सकिने भएको छ ।
बिहीबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लिखित परामर्शमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि २१ मंसिरमा सकिने जानकारी दिएका हुन् ।
थपलियाले पत्रकार सम्मेलनमा भने,‘आयोगले आफनो सिफारिस पेश गर्दा संविधानमा भएको व्यवस्था र निर्वाचन कानुनमा निर्वाचित मितिबाट पदावधि प्रारम्भ हुन्छ भन्ने व्यवस्था भएकाले त्यसैलाई टेकेर आउँदो मंसिरको २१ गते पदावधि सकिन्छ भनेर हामीले लिखित रपमा पेश गरेका थियौं,योगले ५ पेजको डकुमेन्ट परामर्शको रुपमा पेश गरेको छ आयोग के ठान्दछ भने नेपाल सरकारले त्यो दस्तावेजलाई स्वीकार गरेको छ ।’
आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवारले उम्मेदवारी दिएपछि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पदावधि स्वतः समाप्त हुने व्यवस्था रहेको थपलियाले बताए ।
दशैं लगत्तै उम्मेदवारी दिने कार्यतालिका बनाउनुपर्ने देखिएको बताएका उनले उम्मेदवारी दिएपछि निजहरुको पद स्वतः सकिएको मान्नुपर्ने बताए ।