काठमाडौं १९ साउन । नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले यसपटकको चुनावमा जित्ने पर्ने बताएका छन् ।
बिहिबार काठमाडौंमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा नेता नेपालले ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
उमेरले ७० वर्ष पुगेपछि राजनीति छोड्न चाहाना भएपनि परिस्थितिले नदिएको बताएका उनले यस पटक चुनाव जित्ने दावी गरेका छन् ।
‘७० वर्षमै छोडौं कि भनेको परिस्थितिले दिएको छैन,आज मात्रै चुनाव घोषणा भएको छ । नेपालले भने । यदि आफु यस पटक निर्वाचनमा नउठे माधव नेपाल डराएछ कि भन्ने सबैमा पर्ने बताए ।